विराटनगर । नेवार समुदायको राष्ट्रिय संस्था नेवाः देय दबूको विराटनगरको अध्यक्षमा अम्बरबहादुर श्रेष्ठ चयन भएका छन् ।
विराटनगर महानगर समितिको तेस्रो अधिवेशनले श्रेष्ठ सर्वसम्मत अध्यक्षमा चयन भएका हुन् । बङ्गलामुखी मन्दिरको प्राङ्गण झी पुचःमा सम्पन्न अधिवेशनले १३ जनाको कार्यसमिति गठन भएको छ । समितिको वरिष्ठ उपाध्यक्षमा यादव प्रधान, उपाध्यक्ष (खुला)मा आशिष श्रेष्ठ, उपाध्यक्ष (महिला) मा सरीता तुलाधर, सचिव (महिला) मा शृजना श्रेष्ठ, सचिव (खुला) मा सुनीलकुमार श्रेष्ठ, कोषाध्यक्षमा लक्ष्मी श्रेष्ठ रहेका छन् ।
नवनिर्वाचित कार्यसमतिहरुको कार्यकाल दुई वर्षको हुनेछ । नेवार सामुदायको हकहितमा काम गर्ने नवनिर्वाचित अध्यक्ष श्रेष्ठले जानकारी दिए । नेपाल भाषा, संस्कृति, कला र ज्ञानलाई राष्ट्र र राष्ट्रियसँग जोडेर समृद्ध समाज बनाउने तर्फ पनि आफू उन्मुख हुने उनले बताए ।