श्री शालवाहनयि शाके १९४६ ने.सं. ११४५ वि.सं. २०८१ साल चैत १ गते शुक्रबार, १४ मार्च २०२५, कालयुक्तनाम संवत्सर। फाल्गुण शुक्लपक्षको पूर्णिमा  तिथि १२ः४२ बजेसम्म, उप्रान्त प्रतिपदा, नक्षत्र पूर्वफाल्गुनी ०६ः२४ बजेसम्म, उप्रान्त  उत्तरफाल्गुनी, चन्द्रमा राशि सिंह, सूर्याेदय ०६ः१४ बजे र सूर्यास्त ०६ः११ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
मिहिनेत गर्दा लक्ष्यअनुसार समयमै काम सम्पादन हुनेछ। अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
सहुलियत वा विशेष अवसर प्राप्त हुनेछ। सहपाठीहरूलाई उछिन्दै पुरस्कार, प्रशंसा आदि प्राप्त गर्न सकिनेछ।  
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
व्यापारमा फाइदा हुनेछ। पशुपालन र कृषिमा राम्रो लाभ मिल्नेछ। सन्तानको साथले उत्साह जगाउनेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
काममा धेरै लाभ उठाउन नसकिए पनि समस्या सुल्झनेछन्। पहिलेका कमजोरी सुधार गर्ने अवसर प्राप्त हुनेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
भूमि तथा पशुधनबाट लाभ मिल्नेछ। टाढिएका आफन्त नजिकिन सक्छन्। पुरानो सम्झौता भङ्ग हुनसक्छ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
शुभचिन्तकहरूलाई साथमा लिएर जुट्नुहोला । महŒवाकाङ्क्षी योजना सम्पादन हुने समय छ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
पहिलेका सहयोगीहरू प्रतिस्पर्धीका रूपमा देखा पर्नेछन्। प्रतिद्वन्द्वीहरू बढ्नेछन् भने लाभांश बाँडिन सक्छ।  
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
काममा दोहो¥याएर प्रयत्न गर्नुपर्ला। पुरुषार्थी कामले समाजमा स्थापित बनाउनेछ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
चुनौती पन्छाएर पनि लाभ उठाउन सफल भइनेछ।तारिफयोग्य काम गर्दै लोकप्रियता हासिल गर्न सकिनेछ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय छ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
नयाँ काम प्रारम्भ हुनेछ। मिहिनेतले सम्मानित स्थान दिलाउनेछ। थालेका काममा फाइदा हुनेछ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
विभिन्न भौतिक साधन प्राप्त हुनेछन्। धन तथा ज्ञानको भण्डार बढ्नेछ।