श्री शालवाहनीय शाके १९४६ ने.सं. ११४५ वि.सं. २०८१ साल फागुन २९ गते बिहीबार, १३ मार्च २०२५, कालयुक्तनाम संवत्सर। फाल्गुण शुक्लपक्षको चतुर्दशी तिथि १०ः५५ बजेसम्म, उप्रान्त पूर्णिमा, नक्षत्र पूर्वफाल्गुनी भोलि ०६ः२४ बजेसम्म, उप्रान्त उत्तरफाल्गुनी, चन्द्रमा राशि सिंह, सूर्याेदय ०६ः१५ बजे र सूर्यास्त ०६ः११ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
अध्ययनमा राम्रो उपलब्धि प्राप्त हुनेछ। बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
काम सम्पादन गर्ने मौका छ। फाइदाको स्रोत पहिल्याउन सकिनेछ। प्रयत्न गरेका काम सजिलै सम्पादन हुनेछन्।  
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
सेवामूलक कामबाट धनलाभ हुनेछ। स्वास्थ्य सबल रहनेछ। पशुपालन तथा कृषि क्षेत्रबाट पनि राम्रो लाभ मिल्नेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
सन्तान वा अनुयायीले साथ दिनेछन्।आलश्य गर्नाले काम बिग्रन सक्छ। अरूको फाइदाका लागि उपयोग भइएला।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
बेसुरमा वचन दिँदा अप्ठ्यारोमा परिएला। असंयम व्यवहारले समस्या निम्त्याउन सक्छ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
पहिलेको निर्णयमा पुनर्विचार गर्नुपर्ने स्थिति आउन सक्छ। महŒवाकाङ्क्षी योजना गोप्य राख्नुहोला।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
आवश्यक पर्दा सहयोगीहरूले साथ दिनेछन्। रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ।  
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
शत्रुहरू परास्त हुनेछन् र प्रतिस्पर्धीलाई पछि पार्न सकिनेछ। विगतका कर्मको उचित प्रतिफल पाइनेछ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
कृषिमा सामान्य र व्यवसायमा राम्रो फाइदा उठाउन सकिनेछ। प्रशस्त धन आर्जन गर्ने मौका छ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
लेखन तथा सिर्जनात्मक कामबाट ख्याति मिल्न सक्छ। प्रयत्न गर्दा बोलीको भरमा काम बन्नेछ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
मिहिनेतले सम्मानित स्थान दिलाउनेछ। सहयोगीहरूले साथ दिनेछन् । मिहिनेत गर्दा लाभ हुनेछ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीहरू प्रशस्तै भेटिनेछन्। पहिलेको सफलताले हौसला जगाउनेछ।