
एकआपसमा मेलमिलाप, सामाजिक सद्भाव र सहिष्णुता प्रदर्शनको सामूहिक संस्कृति निर्माण नै नेपाली समाजको आदर्श पक्ष हो । यसको जगेर्ना गर्नसके हाम्रो देश, हाम्रो प्रदेश, हाम्रो स्थानीय तह, अझै भनौ हाम्रो संस्कृति सदा एकतावद्ध र जीवन्त रहन सक्छ । राष्ट्रिय चाढ दशैंले प्रवाह गर्ने सन्देश पनि यही हो ।
सबै आ–आफ्नो जन्मघरमा पुग्ने र मान्यजनबाट टिका जमरा तथा आशिर्वाद ग्रहण गर्ने पुरानो प्रचलन अझै जारी छ । दशैं धनी गरिब, ठ्रूला साना सबैले आफ्नो शक्ति र गच्छे अनुसार बडो श्रद्धा भक्तिसाथ मान्ने परम्परा छ । पहिले पहिले यो पर्वलाई नयाँ लगाउने र मिठो खाने पर्वका रुपमा पनि लिईने गरिन्थ्यो । आफूले जोहो गर्न नसक्नेहरुले पनि ऋण धन गरेर आवश्यक पर्ने मिठा खाद्यान्न, लुगा–फाटो, खाने पिने चीज वस्तुहरूको जोहो गरेर आनन्दपूर्वक चाड मनाउदै आएका छन् । तर आज भोली राम्रो लगाउन र मिठो खान दशै पर्खनु पर्दछन् । त्यही भएर दशैको परम्परा केही फेरिएको पनि छ ।
तर विकटमा अझै पनि मिठो खानै पर्ने, नयाँ लुगा लगाउनै पर्ने, घरमा खसी काट्नै पर्ने, अरुको देखासेखी गर्नेै पर्ने जस्ता हावी छन् । यस्ता आडम्वर समाजिक विकृति भन्दा अरु केही हुन सक्दैन् । दशैका यस्ता खराव पक्ष हामीले सुधार गरेर आफुसँग जे छ त्यही उपभोग गरेर साथी, आफन्त नातासँग भेटघाट छलफल, सुखदुखका वार्तालाप गरेर चाडलाई उल्लासमय बनाउनु पर्दछ ।
चाडवाडलाई मितव्ययी बनाउनु पर्दछ । बर्षभरी कमाएको सकाउने गरि खर्च गरेर क्षणिक उल्लासले बर्षभरी निराशमा जीवन बाच्न पर्ने अवस्था आउनु दशैको उज्यालो पक्ष मान्न सकिदैन् । त्यसैले दशैलाई सभ्य, सुसस्कृति, मितव्ययी बनाउऔं । यही बाटोबाट मात्र आफनो र मुलुकको सम्वृद्धिको ढोका खुल्ने छ । अत्त्यमा सबैमा समृद्धि मिलोस, मुलुकमा देखिएको समस्या तत्कालै हल गर्न सक्ने शक्ति दुर्गा माताले प्रदान गरुन । यो दशै कसैको दशा नबनोस , सबैको दशैं शुभ रहोस । हार्दिक मंगलमय शुभकामना ।