वराहक्षेत्र । वराहक्षेत्र नगरपालिका वडा २ स्थित चतरा साहित्यक मञ्चले कवि मञ्जुल मितेरीको एकल कवि वाचनको आयोजना गरेको छ ।  शनिबार भएको वाचन कार्यक्रममा  कवि मञ्जुल कामी, फुलमति फुल, बेपत्ता पसिनाहरू र लभ यु जिन्दगी गरी १६ वटा कविता वाचन गरेका थिए ।

यसैगरी स्वीकार्य अस्वीकार्य, आमा र परिवर्तन, कान्तिको गीत र सुदूर अनुहारजस्ता आधा दर्जन छोटा कविता सुनाइएको चतरा साहित्यिक मञ्चकी अध्यक्ष दीपा मगरातीले जानकारी दिइन् ।

कार्यक्रममा सहभागी सर्जक कवयित्री  पुष्पा बोगटी, स्कुलमा कविता सिजन –२ का विजेता सविना बानियाँ र कवि साजन कोइरालाले कवि मञ्जुलद्वारा लिखित प्रेसक्रिप्सन, दमिनी फूल, पत्थरहरूको देश कविता वाचन गरेका थिए । कार्यक्रममा कोशी प्रदेश सांसद् ममता मगरसहित दुई  दर्जन बढी सर्जकहरूको उपस्थिति रहेको थियो ।