श्री शालवाहनीय शाके १९४६ ने. सं. ११४५ वि. सं. २०८१ साल चैत ३ गते आइतबार, १६ मार्च २०२५, कालयुक्तनाम संवत्सर। चैत कृष्ण पक्षको द्वितीया तिथि ०५ः१६ बजेसम्म, उप्रान्त तृतीया, नक्षत्र हस्ता १२ः०० बजेसम्म, उप्रान्त चित्रा, चन्द्रमा राशि कन्या । सूर्योदय ०६ः१२ बजे र सूर्यास्त ०६ः१२बजे हुनेछ ।
मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
अवसर प्राप्त भए पनि फाइदा उठाउन चुनौतीसँग जुध्नुपर्नेछ। गलत व्यक्तिको विश्वास गर्नाले धोका हुनसक्छ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
आफ्नो मिहिनेतबाट अरूले लाभ उठाउने कोशिस गर्नेछन्। उपलब्धि जोगाउन सफल भइनेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
सञ्चित धनको उपयोगले लाभ दिलाउनेछ। प्रयत्न गर्दा दिगो काम थाल्न सकिनेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
समयले साथ दिनेछ।प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। तारिफयोग्य काम गर्दै धेरैको उपकार गर्न सकिनेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
बुद्धिको उपयोगले लक्ष्य प्राप्त हुनेछ। आम्दानीका स्रोत बढ्नेछन् भने दिगो फाइदा हुने काम प्रारम्भ गर्ने समय छ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
अध्ययनमा प्रगति हुनुका साथै ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ। मिहिनेतले सम्मानित स्थान दिलाउन सक्छ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
व्यक्तिगत तथा पारिवारिक काममा समय बित्नेछ। तर अरूको भरपर्दा काम बिग्रन सक्छ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आफ्ना योजना गोप्य राखेर अघि बढ्नुहोला। मिहिनेत गर्दा जटिल ठानिएको कामसमेत सम्पादन हुनेछ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ।आफ्नो प्रतिफलबाट अरूले फाइदा उठाउन सक्छन्।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
परिस्थितिवश आँटेको काममा विलम्ब हुनेछ। सहयोगीहरूले बीचैमा हात झिक्न सक्छन्।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
काम पूर्ण नभए पनि मिहिनेतले आंशिक लाभ दिलाउनेछ। आर्थिक लेनदेनमा अलि होसियार रहनुहोला।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
प्रशंसकहरू बढ्नेछन् भने शुभचिन्तकहरूले काममा सहयोग जुटाउनेछन् ।