धनकुटा । धनकुटाको ऐतिहासिक निशान भगवती मन्दिरमा दुई सय वर्ष पुरानो ढुङ्गेधाराको पुनस्र्थापना गरी उद्घाटन गरिएको छ ।
वसन्तपञ्चमीको अवसर पारेर बिहीबार एक समारोहका बीच नेपाली सेनाका पूर्वी पृतनापति उपरथी सहदेव खड्काले उद्घाटन गरे ।
तत्कालीन करिब २ सय ४७ वर्ष पहिले स्थापना गरिएको निशान भगवतीको मन्दिर परिसरको भित्री भागमा रहेका तीनवटा पल्टनका लागि छुट्टाछुट्टै ढुङ्गेधारा स्थापना गरिएको थियो । निशान भगवती मिन्दरका संरक्षक पूर्वी पृतना हेड क्वार्टरका पृतनापति उपरथी खड्काले १८ औं शताब्दीको इतिहासलाई पुनर्जीवित गर्ने लक्ष्यका साथ पुराताŒिवक शैलीको मन्दिरको मुख्य प्रवेशद्वार र २ वटा तोपको समेत समुद्घाटन गरेका थिए ।
मन्दिरमा निर्माण गरिएका तीनवटा पुरानो शैलीका ढुङ्गेधारा मन्दिरको मूलगेटभन्दा भित्र रहेका छन् । मुख्य गरेर मन्दिरमा रहेको जङ्गी निशान गण, श्रीजङ्ग गण र इन्द्रध्वज गणको निशानको नाममा छुट्टाछुट्टै ढुङ्गेधारा निर्माण गरिएको मन्दिर व्यवस्थापन समितिका महासचिव जनार्दन घिमिरेले बताए ।
धारा वि.सं. २०५२ सालमा धनकुटा–हिले लोकमार्ग निर्माण गर्ने क्रममा धनुकटाको जिरोप्वाइन्टमा रहेको ओडारमा भेटिएको थियो । उक्त ओडारभित्र अहिले निशान मन्दिरमा स्थापना गर्न लागिएको ढुङ्गे धारा भेटिएको हो । धारा संरक्षण र सुरक्षाको कारणले तत्कालीन प्रदेश सङ्ग्रहालय धनकुटामा राखिएको थियो ।
धारा सर्वसाधारणका लागि निशान मन्दिरको बाहिरी भागमा खुल्ला राखिएको छ । ढुङ्गेधारा तथा प्रवेशद्वार गेटमा तेलिया इँटाको प्रयोग गरिएको छ । २ नम्बर वाहिनीपति सहायक रथी महेशकुमार थापाको संयोजकत्व तथा भीमदल गणका गणपति प्रमुख सेनानी सुमन थापा एवम् गणका सकल दर्जाका अधिकृतहरूको अथक प्रयास र निशान भगवती मन्दिर व्यवस्थापन समितिको सक्रियतामा उक्त ढुङ्गेधारा निर्माण कार्य सम्पन्न भएको थियो ।
समुद्घाटन समारोहमा धनकुटा नगरपालिकाका उपमेयर भीमा खनाल, श्री नं. २ वाहिनीपति सहायक रथी महेशकुमार थापा, धनकुटाका निमित्त प्रमुख जिल्ला अधिकारी ममता अधिकारी, भीमदल गणका निमित्ति गणपति सेनानी पूर्ण प्रजापतीलगायत विभिन्न सरकारी कार्यालय, सामाजिक सङ्घ–संस्थाका प्रमुख एवम् प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।
निशानमा हाल पुनःनिर्माण एवम् पुनस्र्थापना गरिएको पुराताŒिवक शैलीको प्रवेशद्वार, ढुङ्गेधारा र तोप २ थानले धनकुटा जिल्लाको धार्मिक महŒव बढ्ने र धार्मिक पर्यटनमा टेवा पुग्ने विश्वास गरिएको छ । नेपाली सेनाको क्यूआइपी कार्यक्रम अन्तर्गत निर्माण गरिएको ढुङ्गेधारा, प्रवेशद्वार र २ थान तोप १५ लाख ५९ हजार १ सय ५ रुपैयाँको लागतमा सम्पन्न भएको भीमदल गण धनकुटाका निमित्त गणपति सेनानी पूर्ण प्रजापतीले बताए ।