श्री शालवाहनीय शाके १९४६ ने.सं. ११४५ वि.सं. २०८१ साल चैत ९ गते शनिबार, २२ मार्च २०२५, कालयुक्त संवत्सर। चैत्र कृष्णपक्षको अष्टमी तिथि भोलि ०५ः४४ बजेसम्म, उप्रान्त नवमी, नक्षत्र मूल भोलि ०३ः४१ बजेसम्म, उप्रान्त पूर्वाषाढा, चन्द्रमा राशि धनु, सूर्योदय ०६ः०५ बजे र सूर्यास्त ०६ः१५ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
पहिलेका समस्या दोहोरिनाले अलमल बढ्न सक्छ । हल्लाको पछि लाग्दा दुःख पाइनेछ ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
समस्या दर्शाउँदा शुभचिन्तकले साथ दिनेछन् । मिहिनेत गर्दा पछिका लागि फाइदा हुनेछ ।  
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
तत्काल लाभ नभए पनि समस्या सुल्झाउन सकिनेछ। स्वास्थ्यका लागि निश्चित समय आराम गर्नुपर्ला ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
गोपनीयतामा ध्यान पु¥याउनुहोला। आंशिक काम सम्पादन हुनेछ । मनोरञ्जनमा अलमलिँदा काममा पछि परिनेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
परिस्थिति अनुकूल रहे पनि भौतिक सुविधाले खर्च निम्त्याउन सक्छ। रमाइलो क्षणमा पनि मन खिन्न रहनेछ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
आफन्तसँग असमझदारी बढ्न सक्छ। निम्तो प्राप्त भए पनि आतिथ्य खर्चिलो बन्ने देखिन्छ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
रोकिएका काम बन्नाले नयाँ कामतर्फ अग्रसर भइनेछ। मिहिनेतले राम्रै प्रतिफल दिलाउनेछ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
प्रयत्न गर्दा दिगो फाइदा हुने काम हातलागी हुनेछ। चुनौती चिर्दै काम बनाउन सकिनेछ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
शत्रुहरू किनारा लाग्नेछन् भने प्रतिस्पर्धामा विजयी भइनेछ। पहिले ईष्र्या गर्नेहरूले नै सहयोग गर्न थाल्नेछन्।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
आर्थिक लाभ हुने काममा मनग्य फाइदा हुने समय छ। छिटो फल प्राप्त गर्ने आकाङ्क्षाले समस्या निम्त्याउनेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
अरूका लागि बुद्धि र श्रम खर्चनुपर्ला। अवसर आए पनि नयाँ काममा हातहाल्नुअघि राम्ररी विचार पु¥याउनुहोला।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
परिस्थितिसँग सम्झौता गर्नुपरे पनि गरेको कामले आशा भने जगाउनेछ। समयको मागअनुसार चल्ने प्रयास गर्नुहोला।