श्री शालवाहनीय शाके १९४६ ने.सं. ११४५ वि.सं. २०८१ साल चैत ८ गते शुक्रबार, २१ मार्च २०२५,कालयुक्तनाम संवत्सर। चैत्र कृष्णपक्षको सप्तमी तिथि भोलि ०४ः४५ बजेसम्म, उप्रान्त अष्टमी, नक्षत्र ज्येष्ठा भोलि ०२ः०३ बजेसम्म, मूल, चन्द्रमा राशि वृश्चिक, सूर्याेदय ०६ः०६ बजे र सूर्यास्त ०६ः१५ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
अस्वस्थताले कमजोरीको अनुभूति हुनेछ। बेसुरको निर्णयले समस्या आउला। व्यापारमा सोचेको फाइदा नउठ्न सक्छ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
केही बाध्यात्मक परिस्थितिमा अलमलिनुपर्ला। बिग्रिएको काममा दोहो¥याएर प्रयत्न गरे लाभ उठाउन सकिनेछ।  
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
स्वास्थ्यका लागि खानपानमा ध्यान पु¥याउनु होला। तत्काल समस्या देखिए पनि पछिका लागि काम गर्ने समय छ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
प्रियजनसँग भेटघाट वा सम्पर्क हुनेछ। अतिथिको रूपमा सत्कार पाइने ग्रहयोग छ।मित्रताको बन्धन कसिलो हुनेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आफन्तबाट सहयोग मिल्नेछ। उपहार आदिमा खर्च बढ्न सक्छ। केही खर्चिलो कामतर्फ अग्रसर भइनेछ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
व्यर्थैमा विवाद गर्दा समस्या पर्न सक्छ। तापनि भौतिक साधन जोड्ने समय छ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
समयमा होस नपुग्नाले व्यवहारमा पछि परिएला। परिस्थितिवश चिताएको काममा बाधा पुग्नेछ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
अरूका लागि रकम र बुद्धि खर्चनु पर्ला। आंशिक फाइदा भए पनि चिताएको काम पूरा गर्न समय लाग्नेछ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
अवसरवादीहरूले आफ्ना कमजोरीको फाइदा उठाउन सक्छन्। भविष्यका लागि सम्भावना खोजी गर्ने समय छ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
पदीय जिम्मेवारी हातपार्न सकिनेछ।बुद्धिको उपयोगले लक्ष्य प्राप्त हुनेछ। फाइदाको स्रोत पहिल्याउन सकिनेछ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
अध्ययनमा राम्रो उपलब्धि प्राप्त हुनेछ। बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ। प्रतिष्ठित काम सम्पादन गर्ने मौका छ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
प्रतीक्षा गरिएको नतिजा सबल रहनेछ। गुरुजन र सन्तानको सहयोग लाभदायी बन्नेछ।