प्रदीप जस्मैत

भरौल । सुनसरीको वराहक्षेत्र नगरपालिका ५ सिमरवनमा हात्तीको आक्रमणबाट एकजनाको ज्यान गएको छ । 

सोही ठाउँका धनबहादुर माझीको मङ्गलबार बिहान ११ बजेतिर हात्तीको आक्रमणबाट घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ । ६५ वर्षीय माझी जनजागृति सामुदायिक वनमा घाँस काट्न गएको बेलामा आक्रमण गरेको प्रहरीले जनाएको छ । हात्तीले टाउकोमा किचेर मारेको अवस्थामा शव भेटिएको ५ नम्बरका वडाध्यक्ष रोहित काफ्लेले जानकारी दिए ।