विराटनगर उपमहानगरपालिकाको १६ नम्बर वडा खदम खोला किनारमा पहिचान नखुलेको एक युवक मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
कार्यालयका अनुसार शुक्रबार दरैया मुसहर बस्ती नजिकै रहेको खालाको किनारमा अन्दाजी २६ वर्षीय पुरुषको शव फेला परेको हो । कालो रङ्गको टिसर्ट र कालो ट्राउजर लगाएको, ५ फिट ४ इन्च उचाइ भएको, गहुँ गोरो वर्णको मृतक पुरुषले बायाँ कानमा पहेलाे धातुको कुण्डल लगाएको कार्यालयले जनाएको छ ।
घाटीमा गणेशको टाउको भएको खैरो रङ्गको माला लगाएको मृतक पुरुषको शव कोसी अस्पताल विराटनगरको शव गृहमा राखिएको हुँदा पहिचानका लागि सम्बन्धित आफन्तजनले जिल्ला प्रहरी कार्यालय मोरङको ९८५२०३८३५५ मा सम्पर्क राख्न उक्त कार्यालयले जनाएको छ ।