धनकुटा । धनकुटा नगरपालिका–७ जिरोपोइन्टनजिकै मङ्गलबार दिउँसो आगलागी भएको छ । स्थानीय बालकृष्ण श्रेष्ठको टिनको छानो र बाँसको टाटीले बारेको गाईगोठमा आगलागी भएको हो ।
विद्युत् सर्ट भएर आगलागी भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ । आगलागी के कारणले भयो भन्ने यकिन हुन नसकेको प्रहरीले जनाएको छ । धनकुटा नगरका २ वटा दमकल, प्रहरी र स्थानीयवासीको सक्रियतामा आगो पूर्णरूपमा नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रवक्ता ओमप्रकाश खनालले जानकारी दिए ।
आगलागीबाट गाईगोठ, भान्साघर, लत्ताकपडा, भाँडावर्तन, फर्निचर जलेर पूर्ण रूपमा नष्ट भएको प्रवक्ता खनालले बताए । आगलागीबाट तीन लाख रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको प्रहरीले जनाएको छ । आगलागीबाट कुनै पनि मानवीय वा चौपाया क्षति नभएको प्रहरीले जनाएको छ ।