धरान । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउने निर्णयविरुद्ध धरानमा पनि प्रदर्शन भएको छ ।
धरानको सर्वदलीय, सर्वपक्षीय समिति धरानको आयोजनामा ¥याली प्रदर्शन गरेको हो । धरान उपमहानगरपालिका १ छाताचोकस्थित पुरानो हस्पिटल अगाडिबाट निकालिएको ¥याली भानुचोकमा आई कोणसभामा परिणत भएको थियो ।
¥यालीमा ‘उज्यालो नेपाल’ का उपनाम पाएका कुलमानलाई बर्खास्त गर्ने सरकार लक्षित गरी नाराबाजी गरिएको थियो । कुलमानलाई सरकारले सोमबार कार्यकारी निर्देशकबाट हटाउने निर्णय गरेको थियो । उक्त निर्णयविरुद्ध देशव्यापी रूपमा आन्दोलन भइरहेका बेला धरानमा पनि दलहरू मिलेर प्रदर्शन गरेका हुन् ।
सत्तारुढ दल नेपाली काङ्ग्रेस र नेकपा (एमाले) बाहेक सबै दलहका प्रतिनिधि तथा नेता कार्यकर्ताहरू उपस्थित रहेका थिए । कुलमानको बर्खास्तीका विषयमा सर्वसाधारण धरानका नागरिकहरूले पनि चासो देखाएका थिए ।
¥यालीमा धरानका सर्वसाधारण नागरिकहरू पनि सहभागी भई सरकारको निर्णयविरुद्ध आवाज उठाएका छन् ।