धरान । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाएको छ । 

सोमबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले घिसिङलाई पदबाट हटाउने निर्णय गरेको हो । सरकारले यसअघि पटक पटक कार्यकारी निर्देशक घिसिङलाई ‘पदबाट किन नहटाउने’ भन्दै स्पष्टीकरण सोधेको थियो । उनको स्पष्टीकरण चित्त बुझ्दो नभएको भन्दै सरकारले पटक पटक गरी स्पष्टीकरण सोधेको थियो । घिसिङ पछिल्लो पटक २०७८ साउन २५ गते कार्यकारी निर्देशकमा नियुक्त भएका थिए ।