गाँजा बरामदसम्बन्धी समाचारहरु दिनहुँजसो पढ्न र सुन्न पाइन्छ । जबसम्म गाँजाको लागि नियमन गर्ने छुट्टै कानून बन्दैन, तबसम्म यसको सशक्त नियन्त्रण जरूरी छ किनभने यसको कतिपय औषधीय गुण भए पनि यो लागूऔषध अन्तर्गत पर्दछ । मुलुकको जनशक्ति मानिएका युवापिँढीमा यसको लत बढ्दै जाने खतरा सिर्जना भएको छ, जसका कारण मुलुक नै विकलाङ्ग बन्न सक्छ । नेपालमा गाँजाको वैधतासम्बन्धी बहस पछिल्लो समयमा तीव्र बनेको छ। विश्वभर यसबारे बदलिँदो दृष्टिकोण र आर्थिक सम्भावनाले नेपालमा पनि गाँजाको उपयोगलाई पुनः मूल्याङ्कन गर्नुपर्ने आवश्यकता देखिएको छ । नेपालस“ग गा“जास“ग जोडिएको ऐतिहासिक र सांस्कृतिक सम्बन्ध रहे पनि यसको कानूनी स्थिति अस्पष्ट नै छ । अब प्रश्न वैधानिकीकरण गर्ने या नगर्ने भन्दा पनि यसलाई कसरी प्रभावकारी ढङ्गले नियमन गर्ने भन्ने हो ।
नेपालमा धार्मिक तथा परम्परागत रुपमा गाँजाको प्रयोग लामो समयदेखि हुँदै आएको छ । १९७० को दशकसम्म यसको बिक्री र उपभोग कानूनी रुपमा मान्य थियो । तर, अमेरिकी दबावका कारण नेपालले १९७३ मा गा“जालाई गैरकानूनी घोषित ग¥यो । तर, यसलाई गैरकानूनी बनाएर पनि यसको अवैध उत्पादन र उपयोग रोकिएको छैन । यसकारण पूर्ण प्रतिबन्धको सट्टा यसको उचित नियमन आवश्यक देखिन्छ । नियन्त्रित रुपमा गा“जाको व्यावसायीकरणले नेपाललाई आर्थिक फाइदा पु¥याउन सक्छ भन्ने कुरालाई हेक्का राख्नुपर्छ । यसले रोजगारी सिर्जना गर्नुका साथै कर प्रणालीमार्फत् सरकारी राजस्व बढाउन सक्छ । सन् २०२२ मा मात्र विश्वभर गाँजा उद्योगको कुल बजार मूल्य ३१.८ बिलियन अमेरिकी डलर पुगेको थियो, यसले नेपालले यसको नियमनबाट ठूलो आर्थिक लाभ उठाउन सक्छ भन्ने देखाउ“छ । गाँजा नियमनका मुख्य उपायहरुका रुपमा नेपालले निम्न बु“दामा ध्यान दिने हो भने यसको नियन्त्रण र नियमन दुवै स“गै हुनसक्छ । यसलाई नेपालमा औषधि कारखानाबाहेक अरु व्यक्तिगत प्रयोजनका लागि पूर्ण प्रतिबन्ध लगाउने र पैठारीमा विशेष ध्यान दिनुपर्छ । खेती गर्न यसलाई इजाजत प्रणालीको दायराभित्र ल्याउने र वितरण तथा बिक्रीका लागि स्पष्ट कानूनी ढाँचा यस्तो होस् कि व्यक्तिगत प्रयोजनको अवैध बजार निरूत्साहित होस्।् । कर प्रणाली र राजस्व कर प्रणाली लागू गरी सरकारलाई राजस्व जुटाउने तथा यसलाई स्वास्थ्य, शिक्षा र लागूऔषध सचेतना कार्यक्रममा लगानी गर्नुपर्छ ।
गुणस्तर नियन्त्रण र सुरक्षात्मक उपायहरु– उत्पादनका लागि कडा मापदण्ड लागू गरी हानिकारक रासायनिक पदार्थहरुको प्रयोग रोक्नुपर्छ । यसको उपभोगबारे जनचेतना अभिवृद्धि गर्ने तथा किशोरकिशोरी तथा जोखिममा रहेका समूहलाई विशेष सुरक्षा दिनुपर्ने हुन्छ । उमेर सीमा र प्रयोग नियम– वयस्कहरुलाई मात्र बिक्री गर्न अनुमति दिइने तथा सार्वजनिकस्थलमा प्रयोगलाई नियन्त्रण गरिनु पर्नेछ । यसको औषधीय उपयोग र औद्योगिक सम्भावनाबारे थप अनुसन्धान गर्न सरकारले लगानी गर्नुपर्नेछ । नेपाल गाँजा पर्यटनका लागि चर्चित गन्तव्य रहँदै आएको छ। नियमनमार्फत् यसलाई व्यवस्थित र दीर्घकालीन बनाउन सकिन्छ । गाँजाबाट उत्पादन हुने औषधिहरुले दीर्घरोगी, मिर्गी, पार्किन्सन्सलगायतका रोगहरुमा लाभ पु¥याउन सक्छ । साथै, यसको उपयोग वस्त्र, कागज, जैविक प्लास्टिक, निर्माण सामग्री र खाद्य पदार्थमा प्रयोग गर्न सकिन्छ भन्ने विश्वबजारको तथ्याङ्कले बताउँछ । गाँजाको नियमन जटिल भए पनि आर्थिक लाभका लागि अपरिहार्य देखिन्छ ।