श्री शालवाहनीय शाके १९४६ ने.सं. ११४५ वि.सं. २०८१ साल चैत १३ गते बुधबार, २६ मार्च २०२५,कालयुक्तनाम संवत्सर। चैत्र कृष्णपक्षको द्वादशी तिथि भोलि ०१ः५८ बजेसम्म, उप्रान्त त्रयोदशी, नक्षत्र धनिष्ठा भोलि ०२ः४२ बजेसम्म, उप्रान्त शतभिषा, चन्द्रमा राशि मकर, सूर्याेदय ०६ः०१ बजे र सूर्यास्त ०६ः१७ बजे हुनेछ ।
मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
काम गरेर धेरैको मन लोभ्याउन सकिनेछ। समाजमा तारिफयोग्य काम गर्दै नाम र दाम कमाउने समय छ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
सामाजिक कार्यले हौसला प्रदान गर्नेछ। कर्मयोगबाट लाभ मिल्नेछ। सहयोगले महŒवाकाङ्क्षी काम बन्न सक्छ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। उपलब्धि हातपार्दै जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
चुनौतीभित्र अवसर खोज्ने समय छ। नतिजा कमजोर देखिनाले काम दोहो¥याउनु पर्ने हुनसक्छ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
कमजोरीले चिन्ता बढाउनेछ । परिस्थितिवश चिताएको काम रोकिन सक्छ । अरूका लागि बुद्धि खर्चनु पर्ला।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
आफ्ना विषयमा अरूले दाबी गर्न सक्छन्। लगनशीलताले मात्र सङ्कल्प पूरा गर्न सकिनेछ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
प्रयत्न गर्दा सेवामूलक काम सम्पादन गर्न सकिनेछ।प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहो¥याउनु पर्ला।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
स्वास्थ्य कमजोर रहनाले जोसजाँगरमा कमी आउनेछ। यात्रा अलि कष्टपूर्ण हुनेछ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
गलत व्यक्तिको विश्वास गर्नाले धोका हुनसक्छ। न्यून उपलब्धिका लागि निकै मिहिनेत गर्नुपर्ने समय छ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
सहयोगीका माध्यमबाट काम सम्पादन गर्न सकिनेछ। विशेष उपलब्धिका लागि भने केही समय प्रतीक्षा गर्नुपर्ला।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
मनोरञ्जनको समय छ । प्रियजनको भेटघाटले दिन रमाइलो रहनेछ । छोटो समयमा फाइदा उठाउन सकिनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
पहिरनले व्यक्तित्वमा निखारता आउनेछ। विशेष उपहार प्राप्त हुनेछ। परिवारजनको साथले उत्साह जगाउनेछ।