देउराली । धरान उपमहानगरपालिकाको खानेपानी व्यवस्थापन बोर्डकमा कार्यरत एक सवारी चालकले आफूलाई कुनै जानकारी बिना कामबाट निकालिएको बताएका छन् ।
गत चैत २३ गते नगर प्रमुखको श्रम अभियानमा गएको पिक अप भ्यान दुर्घटना भएपछि भ्यान चालक धरान १९ का तेजकुमार राईलाईले आफूलाई बिना जानकारी नगर प्रमुखको मौखिक आदेशमै कामबाट निकालेको बताएका छन् ।
२३ गते भएको घटनालाई लुकाएर २७ गते बनाएको इन्सुरेन्स र रिन्यु गर्न आफूलाई प्रयोग गरिएको र विभिन्न माध्यबाट घटना लुकाउन दबाब दिएपछि काम सकिएपछि आफूलाई दुर्व्यवहार गर्दै हाजिरी गर्न नदिएको राईले बताएका छन् ।
राई विना कारण आफूलाई हाजिरी गर्न नदिएको र बुझ्दा कामबाट समेत निकालिसकेको भनेपछि नगर प्रमुख हर्कराज राई ९साम्पाङ ० को कार्य कक्षमा गएर आफ्नो गुनासो राख्न खोज्दा नगर प्रहरी लगाएर दुर्व्यवहार गरी कार्यकक्षबाट निकालिएको बताएका छन् ।
बोर्डको प्र– १ – ०२–झ ०७५० नम्बरको पिक अप भ्यान कोकाह श्रम अभियानमा जाने क्रममा वराहक्षेत्र ९ स्थित सिन्दूर पुच्छरमा दुर्घटना भएको थियो । चालक राईका अनुसार नगरप्रमुख साम्पाङ कै निर्देशनमा सामान तथा उनका मानिसलाई लिएर जाने क्रममा उक्त दुर्घटना भएको हो ।
राईले भने ' गते दुर्घटना भयो त्यसपछि इसुरेन्स र रिन्यु का लागि मलाइ प्रयोग गरियो । त्यतिन्जेल मलाइ हाजिर पनि गर्न दिइरहेको थियो । वैशाख २ गतेबाट मलाइ हाजिर गर्न दिइएन । किन नदिएको भन्दा जागिरबाट निकालियो भनियो । मैले, मलाइ किन निकालिएको हो भनेर सोध्दा जवाफ दिइएन । पत्र पनि नपाएको र अधिकारी जानकारी पनि नभएकोले मैले मेयर सापलाई हाजिर गर्न नदिएको भन्दै गुनासो गर्न गएको थिए । वहाँले मलाइ भेट नै दिनु भएन । नगर प्रहरी लगाएर बाहिर निकालियो । त्यस पछि पनि म कार्यलाल बाहिर निस्किएर दुःख बिसाउन खोज्दा उहाँले आफ्नो सहयोगीलाई यो मान्छेको अनुहार हेर्न मन छैन भन्दै वहाँ सामु जान समेत रोक लगाउनु भयो । '
उनले उक्त दुर्घटनापछि भिडियो र फोटो खिच्न मात्रै नभएर दुर्घटना बारेमा कुरा गर्न समेत नगर प्रमुखले प्रतिबन्ध लगाएको र त्यस पछि भएका श्रम अभियानमा रुट समेत परिवर्तन गरिएकोले उक्त घटना बाहिर आउन्न नसकेको बताए ।
उनले आफू दुरुपयोग गरी गलत बयान दिन लगाएको र जागिरबाट समेत निकाली अन्याय गरेको भन्दै । हार गुहार गरेका छन् । भिरालो ठाउँमा गाडी लान नसकिने अवस्था हुँदा हुँदै पनि उक्त स्थानमा गाडी लान निर्देशन दिएपछि आफू लान बाध्य भएको भन्दै, दुर्घटना स्थलमा सडकको अन्तिम स्थान भएको र त्यहाँ पार्किङ गरी कार्यालय फर्किने समयमा गाडी रहेको ठाउँमा मोटरसाइकल भएकोले उक्त मोटरसाइकललाई उक्त मोटसाइकललाई नहटाई गाडी अगाडी बढाउन नसकिने भएकोले मोटरसाइकल हटाउन क्रममा भ्यान स्लिप भएर भिरबाट खसेको बताए ।
उनले भने " सडक एकदमै साघुरो थियो घर फर्किने बेलामा टर्निङमा मोटरसाइकल पार्क गरेको रहेछ । मैले पिक अप लाई केही पछि सारेर हेन बेक्र लगाएर चाबी गोजीमा हालेर गाडीबाट ओर्लिएर मोटरसाइकल सार्न थाले , मेयर सापको मान्छे दिनेश भन्नेले गाडी चिप्लियो भन्नु भयो मैले मोटरसाइकल छाडेर दगुर गाडीमा चढे त्यति गर्दा गाडीको अगाडिको चक्का भिरबाट तल खसिसकेको थियो । गाडी तल झर्न थालेपछि म गाडिबाट हाम फाले नत्र म पनि त्यही मर्ने थिए । "
उनले आफू कोरोना महामारीको समयमा कोरोना सङ्क्रमितको शव बक्ने जस्तो जोखिम पूर्णकाम गरेपछि करारमा बोर्डमा लगिएको बताउँदै । स्पष्टीकरण पनि नसोधिनु र कामबाट निकालियो भन्दै दुर्व्यवहार गरिनु अन्याय भएको बताएका छन् ।