धरान । जोगबनी किमाथाङ्का छ लेन सडकअन्तर्गत सुनसरीको इटहरी क्षेत्रमा इटहरी उपमहानगरले घरहरू भत्काएको छ । सडकको क्षेत्राधिकारभित्र पर्ने १४ वडा घरहरू डोजर लगाई भत्काएको हो ।
इटहरी–९ स्थित विराटनगर लाइनमा रहेका १४ वटा घरमा डोजर चलाएको इटहरी उपमहानगरपालिकाका प्रेस संयोजक धनबहादुर पुरीले जानकारी दिए । उनका अनुसार नगर प्रमुख पौडेलको नेतृत्वमा नै घरहरू भत्काइएको हो । छ लेन सडकभित्र पर्ने घरहरू भत्काउनका लागि घरधनीलाई बारम्बार ताकेता गरिए पनि नभत्काएका कारणले डोजर चलाउन बाध्य भएको उनले जानकारी दिए ।
सार्वजनिक सडक र जग्गा ओगटेर बनाएका भवनहरू अब नियमित रूपमा उपमहानगरले भत्काउने नगर प्रमुख पौडेलको भनाइ छ । रानी–विराटनगर–दुहबी–इटहरी–धरान छ लेन सडक निर्माणका लागि राजमार्गमा रहेका भवनका कारण समस्या हुँदै आएको थियो ।