देउराली । धनकुटा महोत्सवमा शनिवार राति भएको ठेलाठेलमा घाइते भएका ३० जना मध्ये १५ जना उपचारपछि घर फर्किएका छन् । घर फर्किनेहरू मध्ये सामान्य घाइते भएर धनकुटा अस्पतालमा उपचार गराएका १२ जना रहेकाे  प्रहरी उपरीक्षक लक्ष्मीराज अधिकारीले बताएका छन् । भने, ३ जना धरान स्थित वीपी स्वास्थ विज्ञान प्रतिष्ठानमा उगचारका लागि अाएका रहेका छन् । 

 धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान ल्याइएका १८ जना घाइतेहरू मध्ये २ बालककाे थप उपचारका लागि गोल्डेन अस्पताल विराटनगर पुर्‍याइको थियाे । विराटनगर पुर्‍याइएकामा ७ वर्षीय अविहाङ् लिम्बू  र अर्का एक नाम नखुलेको करिब ४ वर्षीय बालक रहेको  प्रहरी जवान वेद बहार परियारले बताए । उनका अनुसार ती बालकको टाउकाे तथा शरीरमा चोट रहेको छ । 

325370600_1350112119058628_3894116335089316673_n

६ जना बालबालिकासहित  प्रतिष्ठानमा उपचाररत अन्य घाइतेहरूको अवस्था सामान्य रहको प्रहरी जवान परियारले जनाए ।  घाइते मध्ये ३ जना उपचार पछि डिस्चार्ज भएका छन् । जसमा सन्दीप  साह ( ४०),  प्रकाश प्रधान )४६), हिरा राना (३६)रहेको परिवारले बताए । 

धनकुटा नगरपालिका ५ टुँडिखेलमा माघ ६ गतेदेखि जारी प्रादेशिक औद्योगिक व्यापार तथा कृषि मेला कृषि प्रदर्शनी तथा ५ औँ धनकुटा महोत्सवमा शनिवार राति गायक प्रमोद खरेलको प्रस्तुति रहेको थियो । 

खरेलको प्रस्तुति हेर्न पुगेका दर्शकहरूको भिड बढेपछि भिड व्यवस्थापनका लागि गेटमा सुरक्षाकर्मी राखेर एक एक जना प्रवेश गराइरहेको बेला करिब  ७ बजे  कार्यक्रम स्थलको पश्चिम तर्फको गेटमा भिड बढेपछि प्रहरीले उक्त भिड नियन्त्रणमा लिन नसेपछि भिड एकै पटक महोत्सव स्थल प्रवेश गर्न खोज्दा दुर्घटना भएको उद्योग वाणिज्य सङ्घ धनकुटाका अध्यक्ष विजय सन्तोषी राईले बताए ।

उनले भने  "  भित्र पहिले नै भिड थियो, त्यसलाई व्यवस्थापन गर्दै, गेटबाट प्रहरीले एक–एक जना गरेर महोत्सव स्थलमा प्रवेश गराइरहनु भएको थियो तर पश्चिम गेटमा अत्यधिक भिड भयो । त्यसलाई नियन्त्रणमा लिन प्रहरी साथीहरूले सक्नुभएन र एकैचोटी प्रवेश गर्न खोज्दा भाग दौडको स्थिति भएकाले दुर्घटना भएको हो । "

325553659_5210036832429594_1699919122667684083_n

घटनापछि सुरक्षाका कारण देखाउँदै महोत्सव स्थगन गर्न जिल्ला प्रशासन कार्यालयले सर्वपक्षीय बैठकको तयारी गरिरहेको छ । १६ गते सम्म चल्ने महोत्सवलाई आयोजकले थप २ दिन थपी १८ गतेसम्म लगाउने तयारी गरिरहेका अवस्थामा दुर्घटनापछि विधिवत् रूपमा समापन गर्न चाहेको आयोजक संस्था उद्योग वाणिज्य सङ्घका अध्यक्ष राईले  बताए । 

उनले भने " महोत्सव तत्काल स्थगन गर्नुपर्छ भन्ने कुरा आएको छ, हामीले भनेका छौ औपचारिक कार्यक्रम गरेर सुरु भएको महोत्सव औपचारिक रूपमा समापन गर्न पाइयोस् "

उनले  आज पत्रकार सम्मेलन गरेर थप २ दिनको महोत्सव चल्ने जानकारी दिने तयारी भइरहेका भए पनि दुर्घटनापछि औपचारिक रूपमा समापन गर्न दिन माग राखेका छन् । उपचार अन्य घाइतेहरूको अवस्था पनि सुधारोन्मुख रहेको बताएका राई प्रतिष्ठानमा घाइतेहरूको अवस्था  बुझि धरानबाट छलफलका लागि धनकुटा जादैछन् ।