पाँचथर ।  विकास निर्माणमा कतिसम्म व्यथिति हुन्छ ? भन्ने उदाहरण खोज्न धेरै टाढा जानु पर्दैन । पाँचथर र तेह्रगुम जिल्लाकै तमोर नदिमा निर्माणधिन पक्की पुल हेरे पुग्छ । एकै पटक धेरै ठेक्का लिने तर काम नगर्ने ठेकेदारको प्रवृद्धि प्रति नागरिक दिक्क छन ।

२०६९/०७० सुरु गरेको पक्की पुल निर्माणको ११ वर्ष पुगेको छ । तर पुल निर्माण त परको कुरा निर्माण स्थलमा कामदार नै छैनन् । ठेकेदारको ढिलासुस्ती प्रति आजित बनेका तेह्रथुमबासीले पछिल्लो समय संघर्ष समिति गठन गरी दबाव सृर्जना गर्न थालेका छन । गत मंगलवार प्रमुख जिल्ला अधिकारी मोहन प्रसाद अर्यालको नेतृत्व सहित संघर्ष समितिको टोली लम्बुघाटको पक्की पुल निर्माण स्थलमा पुग्यो ।

पुलको अवस्था हेर्दा उनिहरुले आफुलाई सम्हाल्न सकेनन् । निर्माण पक्ष र पुलको ठेक्का दिने सडक डिविजन कार्यालय धनकुटा प्रति अक्रोशित मात्रै बनेन् समयमै पुल निर्माण नगरे आन्दोलन गर्ने चेतावनी समेत दिए ।  

पाँचथर र तेह्रथुमको  सिमानामा रहेको तमोर नदिमा निर्माणधिन पक्की पुल ११ वर्ष देखि अलपत्र छ । जिल्लाको कुम्मायक गाउँपालिका र तेह्रथुमको म्याङलुङ नगरपालिका जोड्ने लम्बुघाटको निर्माणधिन मोटरेवल पुल ११ वर्षदेखि अलपत्र परेको हो । पुल अलपत्र पारेको स्वाच्छन्द निर्माण सेवालाई दबाव दिन भन्दै दबावमुलक १५ सदस्यीय समिति समेत गठन गरेका छन ।

उनिहरुले नेपाल बाल संगठनका सभापति अर्जुन ढुंगानाको संयोजकत्वमा १५ सदस्य पुल निर्माणार्थ दवाव मुलक संघर्ष समिति गठन गरेका हुन । त्यस्तै गरी सल्लाकार समितिमा सामाजिक अभियान्ता कपिलदेव सिंघक र अधिवक्ता नारायण प्रसाद लुईटेल र नागरिक समाजबाट चिरिन्जवी मान श्रेष्ठ लगायत छन ।

प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुख, सडक डिविजन धनकुटाका प्रमुख निर्माण व्यवसायी सहित समितिको टोलीले पुलको स्थलगत निरीक्षण गरेका छन । पुल निर्माणको काममा ढिलासुस्ती भएपछि ठेक्काको समय अवधि भित्रै काम सम्पन्न गर्न निर्देशन दिएको तेह्रथुमका प्रमुख जिल्ला अधिकारी मोहन प्रसाद अर्यालले बताए । “हामीले समयमै जनसक्ति बढाएर काम सक्न ठेकेदार कम्पनीलाई भनेका छौ । यो विषयमा निर्माण पक्ष सकरात्मक भएको छ । काम भए या नभएको बिषयमा कार्यालयबाट निरन्तर निगरानी हुन्छ” । अर्यालले भने । 

पुल निर्माणको काममा ढिलाई हुदा लामो समयदेखि दुई जिल्लाको कृषि जन्य वस्तुको आयत र निर्यातमा समस्या परेको भन्दै यो विषयमा बिगतदेखि नै खबरदारी गर्दै आएको म्याङलुङ नगरपालिकाका नगर प्रमुख सञ्जय तुम्बाहाम्फेले बताए । “पुल निर्माण नहुदा दुबै जिल्लाका नागरिकलाई ठुलो समस्या परेको छ । यो बिषयमा संघ र प्रदेशमा निरन्तर आवज उठाउदै आएका छौ् उनले भने । जिल्लाको विकास निर्माणमा लापरवाही गरेको भन्दै यो विषयमा सम्बन्धित निकायहरुलाई ध्यानाकर्षण गरेको संघर्ष समिति संयोजक अर्जुन ढुंगानाले बताए । “हामीले पुल निर्माणमा भएको लापरवाहीको बिषयमा अक्तियार, गृह र भौतिक पूर्वाधार मन्त्रालयमा समेत ध्यानाकर्षण गराएका छौ” ढुङगानाले भने् सबै क्षेत्रबाट सकरात्मक जवाफ आएको छ । पुल निर्माण नभएसम्म निरन्तर खबरदारी गछौ ।”  

यता स्वाच्छन्द निर्माण सेवालाई पुल निर्माणको ठेक्का दिने सडक डिविजन कार्यालय धनकुटाले पनि थपिएको म्यादमा पुल निर्माण नगरे ठेक्का तोड्ने जनाएको छ । कार्यालयका प्रमुख कैलाश प्रसाद देवका अनुसार यही असार मसान्तसम्म पुल निर्माण गर्ने अवस्था नदेखिए ठेक्का तोड्ने प्रक्रियामा अघि बढ्ने बताए । 

“हामीले पटक–पटक गरी धेरै पटक म्याद थपेका छौ । पछिल्लो समयमा त दैनिक पत्रचार गरेर थपिएको समय भित्रै काम सम्पन्न गर्न निर्देशन समेत दिएका छौ । अब यो असार मसान्त भित्र पुल निर्माण सम्पन्न नभए ठेक्का तोड्ने प्रकृया तर्फ अघि बढ्छौ ।” निर्माण कम्पनीको प्रतिनिधि अजय लामिछानेका भन्छन् “पुलको दुबै पट्टीबाट पिलर निर्माण भइरहेको छ । पिलर निर्माण सम्पन्न भएसंगै स्टिलको ट्रष्ट राखेपछि पुल निर्माण पुरा हुन्छ । अबको केही दिन भित्रै सम्पूर्ण जनसक्ति खटाएर काम गछौ ।”

 सडक डिविजन कार्यालय धनकुटाले २०६९÷०७० मा स्वाच्छन्द निर्माण सेवालाई पुलको ठेक्का दिएको थियो । १५ करोड ९० लाख २५ हजारको लगानीमा ठेक्का पाएको निर्माण कम्पनीले १ सय ६० मिटर लामो पुलमा ९२ मिटर ढलान गर्नु पर्नेछ । भने बांकी ५७ मिटर स्टिलको ट्रष्ट राख्नु पर्नेछ । ५७ मिटर स्टिलको ट्रष्टको काम ठेकेदारले गर्दै आए पनि कामले गति नलिएको स्थानीयको गुनासो छ ।