विराटनगर/प्रदेश १ सरकारको पहिलो मन्त्रीपरिषदको बैठकले १३ वटा मन्त्रालय घटाएर ९ वटा मन्त्रालय बनाउने निर्णाय गरेको छ ।
सोमबार सपथपछि मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा पुगेर पदभार ग्रहण गरेपछि मुख्यमन्त्री हिक्मत कुमार कार्कीको अध्यक्षमा बसेको मन्त्रीपरिषदको बैठकले यस्तो निर्णाय गरेको हो ।
यस्तै बैठकले प्रशासनिक सुधार गर्ने, सार्वजनिक खर्च कटौती गरि मितव्ययिता कायम गर्ने, शीतलहरबाट जनतालाई जोगाउन पूर्व तयारी गर्ने, सेवा प्रवाह सुधार ल्याउनका लागि प्रमुख सचिवको नेतृत्व २१ दिनभित्र प्रतिवेदन बुझाउने गरी सुधार समिति गठन गर्ने, प्रदेशको मन्त्रालयको संरचना घटाउने र नौ वटा बनाउने लगायतको निर्णय गरेको मन्त्री भक्तप्रसाद सिटौलाले जानकारी दिए ।
मन्त्रालय र मन्त्रीहरु धेरै भएको जनगुनासोलाई विचार गरेर मन्त्रालयको संख्यालाई घटाएर नौ वटामा कायम गर्न आवश्यक प्रक्रिया सुरु गर्ने निर्णय गरिएको उनले बताए ।