धरान । नेपाल राष्ट्रिय कर्मचारी निजामति मोरङको शनिबार सम्पन्न पाँचौं जिल्ला अधिवेशनले सुवोध आचार्यको अध्यक्षतामा नयाँ समिति चयन गरेको छ ।
समितिको उपाध्यक्षमा ज्ञानेन्द्र नेपाल, ब्रजेशकुमार मेहता र ममता चौंलागाईं रहेका छन् । यस्तै सचिवमा नवीन बराल, सहसचिवमा किरण श्रेष्ठ, कोषाध्यक्षमा जयराम राजवंशी चयन भए । यसै गरी सदस्यहरूमा किरण रिजाल, राजेन्द्र भट्टराई, सुरज गौतम, अर्जुन बाँस्तोला, छेदी मण्डल, राजेन्द्र पराजुली र भुपेन्द्र मण्डल रहेका छन् । अधिवेशनले ७ जना केन्द्रीय प्रतिनिधि र १४ जना प्रदेश प्रतिनिधि पनि चयन गरेको छ ।