विराटनगर  ।  विराटनगरस्थित कोशी अस्पताल परिसर भित्र रहेको ७ वटा होटलमा डोजर लगाएर खाली गराएको छ । 

वर्षौदेखि भाडा नतिर बस्दै आएको ७ वटा सटर हस्पिटलले विराटनगर महानगरपालिकाको डोजर लगाएर बिहीबार खाली गराएको हो । 

तत्कालिन कोशी अस्पताल मेसु डा. यज्ञराज खरेलको पालामा भाडामा लगाएको सटर खाली गराउने निर्णाय गरेको थियो ।  भदौ १४ गते अस्पताल विकास समितिका अध्यक्ष महेश भट्टराइको अध्यक्षमा बसेको बैठकले भदौ १५ गतेसम्म सटर भाडाको बाँकी बक्यौता उठाउने र सो नभए कार्तिक १५ गतेसम्म खटर खाली गराउने निर्णाय गरेको थियो । हस्पिटलले सटर खाली गराउन दिएको दुई महिना समयपछि बिहीबार महानगरपालिको डोजर लगाएर भत्काएको हो । हस्पिटलले दिएको समयसिमा भित्र सटर खाली नगरेपछि डोजर लगाएर खाली गराएको कोशी अस्पताल विकास समितिका सदस्य मुकेश बुढाथोकीले जानकारी दिए । ‘हस्पिटलको सटर खाली गराउने ४ महिना अगाडी हामीले निर्णाय गरिएको थियौ । यहाँ रहेको समान हटाउन हामीले प्रयाप्त समय पनि दिएका थियौ । तेही अनुसार अहिले आएर खाली गराएको हो,’ उनले भने, ‘खाली गराएको क्षेत्रमा अब हस्पिटलले वाल लगाएर व्यवस्थित गर्नेछ ।’ 

२०७५ भदौ १ गते अस्पतालसँग सम्झौता गरेर ११ जनाले हस्पिटलको सटर भाडामा लिएका थिए । २०७५ सालदेखिको ११ वटा सटरको ८४ लाख ४१ हजार ६४० रुपैयाँ भाडा उठन बाँकी रहेको अस्पतालको अभिलेखमा देखिन्छ । उनीहरूले पाँच वर्ष २०८० सम्मको सम्झौता गरेर मासिक १० देखि २५ हजार रुपैयाँसम्म भाडा तिर्ने सम्झौता पत्रमा उल्लेखछ ।

यसरी हस्पिटललाई भाडा दिनुपर्नेमा सबैभन्दा बढी बक्यौता शानुभाइ डंगोलको रहेको छ । डंगोलले हस्पिटललाई भाडा बापतको ९ लाख ८७ हजार १४० रहेको छ । यस्तै सरकलाल राजवंशीले ६ लाख ८२ हजार ६५६, छोटु मुखियाको २ लाख ३३ हजार ९६९, शान्ति लिम्बुको २ लाख ९९ हजार ८३०, दिपचन्द्र मण्डलको २ लाख ९९ हजार ८३०, दुर्गा देवी मण्डलको ७ लाख ९१ हजार ७९०, र डोमा मण्डललको २ लाख ७० हजार ४१५ रुपैयाँ भाडा बापको रकम हस्पिटललाई तिनुपर्ने अस्पतालले जनाएको छ । वर्षौदेखि उनीहरूले भाडा नबुझाएको हस्पिटलको अभिलेखमा देखिन्छ । भाडा नबुझाउने ७ जनाको अहिले हस्पिटलले डोजर लगाएर खाली गराएको हो । 

यसरी समयमै हस्पिटलको सटर प्रयोग गरेर भाडा नबुझाउनेहरुमा सुवास कुमार राजवंशी, राजा धोवी, बसन्त राज गौतम, गगनदेवी सरदार रहेका छन् । 

सटर खाली गराएको ठाउँमा हस्पिटलले वाल लगाएर हस्पिटललाई व्यवस्थित गराउने तयारीमा लागि पर्ने कोशी अस्पतालका मेसु डा. लक्ष्मीनारयण यादवले बताए ।