पथरी। मोरङ पथरीशनिश्चरे १, स्थित पथरी बजारका भिष्म लिम्बु लागूऔषध कारोबारीमा जेल चलान भएका छन् ।

लिम्बुलाई आइतबार मोरङ जिल्लाअदालतले कैद/जरिवाना भुक्तानको लागी कारागार पठाएको हो । मोरङ जिल्ला अदालतले २०७७ चैत १७ गतेको फैसलाबमोजिमलागु औषध मुद्दामा  २बर्ष ६ महिना कैद सुनाएको थियो । ३२ बषीय भिष्म लिम्बु भन्ने बिष्णुकुमार लुम्फुवालाई कैदसँगै १ लाख जरिवाना सुनाईए पनि उनी फरार रहेका थिए ।

लुम्फुवालाई इप्रका पथरीबाट खटिएको प्रहरी टोलीले २०७९ भदौ १७ गते पथरीबाटै पक्राउ गरेको थियो ।