विजयपुर । धरान उपमहानगरले टाइफाइड खोपसम्बन्धी अभिमुखीकरण सम्पन्न गरेको छ ।
मङ्गलबार धरानस्थित होटल पूर्वी स्टारमा टाइफाइड खोपका विषयमा सञ्चारकर्मीलाई अभिमुखीकरण सम्पन्न गरेको हो । धरानका क्रियाशील सञ्चारकर्मीहरूलाई अभिमुखीकरण गरेको हो ।
धरान उपमहानगर स्वास्थ्य महाशाखाको आयोजनामा सम्पन्न अभिमुखीकरणमा टाइफाइड खोप अभियान, टाइफाइड खोपको सुरुवात, नियमित खोप सुदृढीकरण र सरसफाइ प्रवद्र्धनसम्बन्धी अभिमुखीकरण गरिएको थियो ।
उपमहागरका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहेताले खोपको प्रभावकारीता ९५ दशमलव ९६ प्रतिशत रहेको बताए । उनले टाइफाइड खोपले १२ वटा रोगहरूबाट बचाउने बताए । उनले राष्ट्रिय खोप अभियान अन्तर्गत धरानमा पनि वैशाख ८ गतेदेखि १७ गतेसम्म अभियान सञ्चालन गरिने जनाए ।
४४ हजार ७ सय ७ जना लक्षित समूह रहेका छन् । प्रमुख मेहेताले धरानका सबै नागरिकको पहुँचमा पु¥याउने बताए । उनले टाइफाइडविरुद्धको खोप प्रदान गरी रोग सङ्क्रमण र जटिलतालाई न्यूनीकरण गर्ने उद्देश्य रहेको बताए । सुरुमा १५ महिनादेखि १५ वर्षमुनिका बालबालिकाहरूलाई अभियानको रूपमा एक मात्रा खोप दिने उनले बताए ।