वराहक्षेत्र । वराहक्षेत्रको चतरामा स्त्री, छाला तथा थेरापीसम्बन्धी एकदिने निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको छ ।
नेपाली कांग्रेस वार्ड नं १ र २ को संयुक्त आयोजना तथा पार्टीको सुनसरी क्षेत्र नं. १ ख संयोजकत्वमा शनिबार शिविर सञ्चालन गरिएको हो ।
स्थानिय वीपी प्राथमिक विद्यालयमा सम्पन्न शिविरमा १ सय ५० छाला, १ सय १० महिला तथा ९८ थेरापी गरी ३ सय ४५ जनाले सेवा लिईएको वार्ड नं २ का सभापति अमर कटुवालले बताए ।
अझै पनि यौन समस्याको बारेमा गाउ“ले महिलाहरु खुलेर कुरा गर्न चादैनन्, जसले गर्दा समस्या जटिल हुने गरेको देखिन्छ, यसबाट बचाउँने र जनचेतना जगाउन सहयोग हुने भएकोले शिविरको आयोजना गरिएको नेपाली कांग्रेस सुनसरी जिल्ला क्षेत्र नं. १ ‘ख’का सभापति मुरारी भट्टराईले बताए ।
शिविरमा धरानको वीपी क्याम्प वाट आएका चिकित्सकहरु मनोज कुमार साह, कमला आचार्य र मञ्जु विष्टले स्वास्थ्य जाँच गर्ने परामर्श दिने तथा निःशुल्क औषधि वितरण गरेका थिए ।
शिविरको स्थानिय व्यवस्थापन नेकाको प्रदेश अधिवेशन प्रतिनिधि अशोक खड्का र प्रदेश सभा समितिका उपसभापति अनिल मगरले गरेका थिए ।