विराटनगर । प्रदेश १ मा ३ हजार ५ सय ५९ जना क्षयरोगका विरामी रहेको पाइएको छ । प्रत्येक वर्ष प्रदेशमा १२ हजार नयाँ क्षयरोगको विरामी थपिने गरेको राष्ट्रिय क्षयरोगको सर्वेक्षणबाट देखिएको छ । ७० प्रतिशत क्षयरोगको विरामी प्रदेशमा पत्ता लगाउन नसकेको बताइएको छ ।

प्रदेश १ मा सबैभन्दा बढी झापामा क्षयरोगका विरामी भेटिएको स्वास्थ्य निर्देशनालय धनकुटाका निर्देशक ज्ञानबहादुर बस्नेतले जानकारी दिए । झापामा ९ सय ९२, मोरङमा ९६८ र सुनसरीमा ८ सय ८९ जना क्षयरोगको विरामी भेटिएको उनले  बताए ।

तेह्रथुम जिल्लामा सबैभन्दा कम क्षयरोगको विरामी भेटिएको छ । तेह्रथुममा २१ जना विरामी भेटिएको छ । प्रदेश १ मा ९२५ वटा प्यारोग उपचार केन्द्र ३ वटा डिआर उपचार केन्द्र, १ वटा डिआर होस्टेल १३ वटा जिन एक्स्पर्ट साइट रहेको छ । ८३ वटा माइक्रोस्पकोपिक सेन्टहरु रहेका छन् । 

देशभरीमा २८ हजार ६ सय ७७ क्षयरोगका विरामीहरू रहेका छन् । क्षयरोगका विरामी वृद्धि भइरदा पनि सामुदायमा अझै पनि सचेतनाको कमी रहेको निर्देशक बस्नेतले जानकारी दिए । ‘१४ जिल्ला रहेको प्रदेश १ का सबै जिल्लामा  जिन एक्स्पर्ट मेशिन नभएको अवस्था रहेको छ,’ उनले भने, ‘यो मुख्य चुनौतिको विषय हो । भएका मेसिनहरू पनि पूर्ण क्षमतामा संचालनमा आएको छैन ।’ 

प्रदेश १ का स्वास्थ्य मन्त्री जयराम यादवले समुदाय नागकिर समाज, सार्वजानिक तथा नीजि सेवा प्रदायहरुको ऐक्यवद्धता तथा सहभागितामा जोड दिएर क्षयरोग नियन्त्रण गरिनुपर्ने बताए । सन २०५० सम्ममा क्षयरोग मुत्तः नेपाल घोषणा अभियानको लागि आर्थिक वर्षमा संघिय सरकार बाट प्रदेश १ का ४ वटा पालिकाहरुमा बजेट तथा कार्यक्रम प्राप्त भएर कामहरू पनि सुरु भएको उनले बताए । क्षयरोग विरामीहरुको स्यहार तथा रोकथामका लागि उपयुक्त श्रोत साधन सहितको राजनैतिक प्रतिवद्धा पनि आवश्यक रहेको उनले बताए । 

विश्व क्षयरोग दिवसमा र्याली 

विश्व क्षयरोग दिवसको अवसर पारेर विराटनगरमा ¥याली निकालेको छ । ‘क्षयरोग अन्त्यका लागि लगानी बढाऔं, जीवन बचाऔं’ भन्ने मुल नाराको साथ विराटनगरमा बिहीबार र्याली निकालेको हो । 

प्रदेश १ को सामाजिक विकास मन्त्रालयमा भेला भएर विभिन्न ६ वटा संघसंस्थाले संयुक्त रुपमा र्याली निकालेको थियो । र्यालीले विराटनगर महानगरपालिका परिक्रमा गरि बी प्लटमा आएर कोणसभामा परिणत भएको थियो । र्यालीमा प्रदेश १ का स्वास्थ्य मन्त्री जयराम यादवको पनि सहभागिता रहेको थियो ।

र्यालीमा स्वास्थ्य निर्देशनालय धनकुटा, स्वास्थ्य कार्यालय मोरङ, प्रदेश स्वासथ्इ आपूर्ति व्यवस्थापन केन्द्र, प्रदेश जनस्वास्थ्य, विराटनगर महानगरपालिका, नेपाल क्षयरोग निवारण संस्था, बागमती सेवा समाज नेपाल, विराटनगर नर्सिङ क्याम्पसले ब्यानर लिएर र्यालीमा सहभागि जनाए ।