धरान । जापानबाट अस्ट्राजेनेका खोप नेपाल आइपुगेको छ । दुई लाख ८ हजार ६० डोज खोप नेपाल आइपुगेको हो । 

उक्त खोप ६५ वर्षभन्दा माथिका नागरिकलाई प्रदान गरिने भएको छ । जापान सरकारको सहयोगमा कोभ्याक्समार्फत शनिबार बिहान खोप आइपुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

यसअगि पनि ८ लाख ४७ हजार ३२० डोज खोप आएको थियो । जापान सरकारले नेपाल सरकारलाई १६ लाख डोज खोप अनुदान दिने भनी प्रतिवद्धता जनाएको थियो । बाँकी रहेको खोप सोमबारसम्म नेपाल आइपुग्ने मन्त्रालयले जनाएको छ । आएका खोपमध्ये प्रदेश १ र २ मा शनिबार नै पठाइने भएको छ ।