पाँचथर । जिल्लामा बुधबार एक जना कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ ।

फिदिम–४, बस्ने ३६ बर्षीया महिलाको जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ । कोरोना भाइरस संक्रमित उनी होम आइशोलेसनमा बस्दै आएकी थिइन् ।

स्वास्थ्यमा समस्या आएपछि तीन दिनअघि जिल्ला अस्पतालको एचडियूमा भर्ना भएकी उनको बुधबार मृत्यु भएको अस्पतालले जनाएको छ ।

योसँगै जिल्लामा कोभिडका कारण मृत्यु हुनेको संख्या १९ पुगेको छ । जिल्ला बाहिरको विभिन्न अस्पतालमा उपचारको क्रममा हालसम्म २६ जना जिल्लाबासीको मृत्यु भएको स्वास्थ्य कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।