ब्लाष्टखबर । पुल निर्माणमा ढिला सुस्ती भएकाे गुनासाे आएपछि संघिय संसद जयकुमार राईले धरान उपमहानगरपालिका वडा नं. ५ स्थित देउराली र खैरेनीको बीचमा पर्ने अधेरी खोलामा बन्दै गरेको पुलकाे निरिक्षण गरेका छन् ।
समय अवधिमा पुल निर्माण गर्न नसकेपछि म्याद थपेर समय लम्व्याएपनि काम गर्न ढिला सुस्ती गरेकाे र कामदारहरूलाई पारिश्रमक दिन आनाकानी गरेकाे जस्ता गुनासाे आईरहेपछि संसद राई निरिक्षण गरेका छन् ।
निरिक्षणका क्रममा संसद राईले गुनासाेकाे बारेमा जानकारी लिदै निर्माण कम्पनी एचएम विल्डर्सका संञ्चालक हसबुल मियालाई यसैवर्ष भित्र पूल निर्माण सम्पन्न गर्न निर्देशन दिएका छन् ।
२०७४ सालमा भौतिक पूर्वाधार विकास मन्त्रालयबाट २ वर्षकाे भित्र निर्माण सम्पन्न गरिसक्ने गरी साढे ७ करोडमा ठेक्का लागेकाे उक्त पुल २ पटक म्याद थप हुँदासम्म एउटा मात्र स्लाप लगाउने काम भईरहेकाे छ ।
गत असार २५ गते पहिलाे पटक थप गरिएकाे म्याद समाप्त भएपछि पुन: म्याद थप गरीएकाे उक्त पुल १ सय २५ मिटर लम्बाई ११ मिटर चौडाई रहेकाे छ ।
संसद राईकाे अनुगमनका क्रममा ठेकेदार मियाले यसै वर्ष निर्माण सम्पन्न गर्ने बताएका छन् ।