इटहरीको मुख्य चोकमा टिपरले स्कुटरलाई ठक्कर दिंदा एक महिलाको ज्यान गएको विरोधमा इटहरी बजार तनावग्रस्त भएको छ । 

स्थानीयले ठक्कर दिने टिपर तोडफोड गरेका छन् । सामाजिक सञ्जालमा प्रत्यक्ष प्रसारण गरिएको भिडियो भाइरल भएको छ । 

blastkhabar.com (1) 2


इटहरी प्रहरीले भने घटना बारे जानकारी दिएको छैन । ‘अहिले यहाँ लफडा भइरहेको छ, तपाईंलाई पछि फोन गर्छु,’ इटहरी प्रहरीको मोबाइल नम्बर  ९८५२०६३६३२ मा सम्पर्क गर्दा प्रहरी अधिकारीले भने । 

बालुबा बोक्ने टिपरलाई प्रहरीले निगरानी नगरेको भन्दै स्थानीयले विरोध प्रदर्शन गरिरहेका छन् । बीच बजारमा तीव्रगतिमा टिपर हाँक्ने गरेको गुनासो गर्दै स्थानीयले बेलुका छ बजेपछि मात्रै चलाउनु दिनुपर्ने बताएका छन् । 

blastkhabar.com 4

स्थानीयका अनुसार को १४ प ५२६ नम्बरको स्कुटरलाई कान्छाराम कन्स्ट्रक्सनको ना १ क ९१०७ नम्बरको टिपरले ठक्कर दिएको हो । 

टिपरले ब्याक गरेर मान्छे मारेको भन्दै स्थानीयले नाराबाजी गर्दै टिपर तोडफोड गरेका छन् । 

तोडफोड र नाराबाजी हुन थालेपछि प्रहरीले बल प्रयोग गरी भीड हटाएको बताइएको छ ।  इटहरी चोकमा सवारी आवागमन ठप्प छ । सवारी साधनहरुलाई वैकल्पिक बाटोबाट पठाइएको छ ।