श्री शालवाहनीय शाके १९४६ ने.सं. ११४५ वि. सं. २०८१ साल चैत ७ गते बिहीबार, २० मार्च २०२५, कालयुक्तनाम संवत्सर। चैत्र कृष्णपक्षको षष्ठी तिथि भोलि ०३ः०७ बजेसम्म, उप्रान्त सप्तमी, नक्षत्र  अनुराधा ११ः४९ बजेसम्म, उप्रान्त ज्येष्ठा, चन्द्रमा राशि वृश्चिक, सूर्याेदय ०६ः०७ बजे र सूर्यास्त ०६ः१४ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
प्रियजनसँग रमाइलो भेटघाट हुनेछ। धेरै आफन्तसँग सम्पर्क बढ्नेछ।आफ्नैसँग वादविवाद हुनसक्छ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
प्रेमको बन्धन कमजोर बन्नेछ। व्यापारमा भने आम्दानी बढ्नेछ। न्यून उपलब्धिमा चित्त बुझाउनु पर्ला।  
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
मिहिनेतको फल अरूकै हातमा पर्न सक्छ। स्वास्थ्यका लागि आहारविहारमा ध्यान पु¥याउनु होला।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
रोकिएका काम सम्पादन हुनेछन्। भौतिक साधन जुट्नाले साहसी काम गरेर लाभ उठाउन सकिनेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
प्रतिपक्षीहरूसमेत सहयोगी बन्नेछन्। प्रियजनसँग भेटघाट हुनुका साथै आतिथ्यपूर्ण सम्मान प्राप्त हुनेछ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
परिवारजनको साथ र आकर्षक उपहारले मन उत्साहित हुनेछ।सुखद् समाचारले उत्साह जगाउनेछ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
अध्ययन र लेखनमा प्रगति हुनेछ। तारिफयोग्य काम गर्दै धेरैको उपकार गर्न सकिनेछ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
बौद्धिक अभिव्यक्तिको प्रभाव बढ्नेछ। भौतिक साधनमा क्षति पुग्ने सम्भावना देखिएकाले सजग रहनुहोला।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
प्रतिस्पर्धीहरूबाट जोगिएर काम लिनुपर्ने समय छ।कामको मेसो नमिल्दा केही अलमल हुनेछ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
तत्कालको फाइदा हेर्दा पछिलाई समस्या पर्नेछ। बेसुरमा बोल्ने बानीले पनि दुःख पाइनेछ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
समयमा काम नगर्ने बानीले समस्या निम्त्याउनेछ। आफ्नो भोगाधिकारमाथि अरूले राज गर्नेछन्।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
अरूका लागि श्रम तथा बुद्धि खर्चनुपर्ला। साथीभाइ र आफन्तको सहयोग जुटाउन मुस्किल पर्नेछ।