देउराली ।  गृह मन्त्रालयले नियम विपरीत व्यक्तिगत सुरक्षाकर्मी र सहयोगी राखेको भए ४८ घण्टाभित्र फिर्ता गर्न मातहतका सुरक्षा निकायलाई निर्देशन दिएको छ ।

मंगलबार मन्त्रालयका सह–सचिव  तथा प्रवक्ता फणिन्द्रमणि पोखरेलले विज्ञप्ति जारी गरी कार्यविधिविपरीत भीआईपीको पीएसओ र सेवा सुविधा ४८ घण्टाभित्र फिर्ता गर्न  मातहतका सुरक्षा निकायलाई निर्देशन दिएका हुन्।

विज्ञप्तिमा भनिएको छ ।  " विशिष्ट व्यक्तिको सुरक्षा व्यवस्थापनलाई अझ प्रभावकारी, व्यवस्थित र परिणाममुखी बनाउनका लागि विशिष्ट व्यक्तिको सुरक्षा र सम्मानलाई ध्यान दिँदै नेपाल सरकारबाट विशिष्ट व्यक्तिको सुरक्षा व्यवस्थापन कार्यविधि, २०७७  जारी भई हाल कार्यान्वयनमा रहेको छ । उक्त कार्यविधिमा तोकिए अनुसार  बहालवाला तथा पूर्व कर्मचारीरसुरक्षाकर्मीले व्यक्तिगत सुरक्षाकर्मीको सुविधा पाउने व्यवस्था रहेको छ । उक्त कार्यविधिले व्यवस्था गरिएको भन्दा विपरीत सेवा सुविधा लगायत व्यक्तिगत सुरक्षाकर्मी, सहयोगी राखेको भए  ४८ घण्टाभित्र फिर्ता गर्न  मातहत सुरक्षा निकायलाई निर्देशन गरिसकेको हुँदा उक्त कार्यविधि पालना गर्न सहयोग गरिदिनुहुन सबैमा अनुरोध छ ।"