बिर्तामोड । डिभिजन बन कार्यालय झापाको गस्ती टोलीले तीनथान भरुवा बन्दुक सहित एकजनालाई पक्राउ गरेको छ ।

गस्तीमा रहेको बनको टोलीले हल्दिवारी गाउँपालिका–५ का गुप्तबहादुर फागो सहितका समुहबाट तीनथान भरुवा बन्दुक फेला पारेको जलथल सब डिभिजन कार्यालयका रेञ्जर दिपकसेन भण्डारीले जानकारी दिए ।

चारकोसे जंगलमा बन्यजन्तु चोरी सिकार गर्नका लागि चारजनाको सख्यामा पुगेका उनिहरु बन कार्यालयको गस्ती टोलि देखेपछि भाग्ने प्रयास गरेका थिए । भाग्ने क्रममा एकजनालाई नियन्त्रणमा लिएको भण्डारिले जानकारी दिए । अरु तीनजनाले दुईवटा भरुवा बन्दुक त्यही फालेर भागेको उनले बताए ,

पक्राउ परेका फागोमाथि अनुसन्धान भईरहेको छ । फरार रहेका तीनजनाको पहिचान भईसकेको भण्डारीले बताए । उनिहरुको खोजतलास तिब्र पारिएको बताइएको छ ।