धरान । उदयपुरको कटारी नगरपालिका–५ सिसाघारीमा पतिले चिर्पट प्रहार गरी पत्नीको हत्या गरेका छन् ।
जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार सोमबार बिहान ४ बजेतिर शौच गरिरहेको समयमा ३८ वर्षीया नानुमाया दाहाललाई चिर्पट प्रहार गरी हत्या गरिएको हो ।
हत्याका आरोपी ४२ वर्षीय पोष्टराज दाहाललाई प्रहरीले पक्राउ गरेको छ । उनलाई इलाका प्रहरी कार्यालय कटारीबाट खटिएको टोलीले तत्काल पक्राउ गरी कारबाही अगाडि बढाएको छ ।
घटनाका विषयमा थप अनुसन्धान भइरहेको र शवको कटारी अस्पतालमा पोष्टमार्टमपश्चात् मृतकका भाइले शव बुझेको प्रहरीले जनाएको छ ।