भद्रपुर/ प्रतिबन्धित लागूऔषध ब्राउनसुगरसहित दुईजना बसयात्री पक्राउ परेका छन् ।
बुधवार दिउँसो साढे ४ बजे बसमा यात्रा गरिरहेका दुई जनाबाट प्रहरीले ब्राउनसुगर बरामद गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
लागूऔषध नियन्त्रण ब्युरो काँकडभिट्टा र ईलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचीनगर ६ मा पूर्वबाट पश्चिमतर्फ जादैँ गरेको प्र.३–०१–००६ ख ०६२६ नं.को बस रोकी चेकजाँच गर्ने क्रममा चालकको पछाडी रहेको सिटमा सवार झापा बुद्धशान्ति ४ बस्ने ४३ वर्षिय किशोर सुनुवार र काठमाण्डौ महानगरपालिका ५ बस्ने ३१ वर्षिय सन्त महर्जनले बोकेको पछाडी भिर्ने कालो रङको झोलाभित्र २८ ग्राम ब्राउनसुगर बरामद गरेको जिल्लाका डिएसपी बसन्त पाठकले बताए ।
दुवैलाई नियन्त्रणमा लिई ईप्रका काँकडभिट्टामा राखी थप अनुसन्धान भइरहेको डिएसपी पाठकले बताए ।