झापा अर्जुनधारा नगरपालिकाबाट  लागु औषध खैरो हेरोइनसहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा नगरपालिकाको ५ नम्बर वडाका ३४ वर्षीय सुवास खवास रहेका छन् ।

खवासलाई वडा नम्बर ११ बसपार्कबाट अस्ताइ प्रहरी पोस्ट बसपार्कको टोलीले गयराती १ ग्राम ५०० मिलिग्राम खैरो हेरोइनसहित पक्राउ गरेको इलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ । कार्यालयका अनुसार पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको छ ।