झापा । झापा मेचीनगर नगरपालिका ६ स्थित मेचीपुलबाट ब्राउन सुगरसहित एक जनालाई पक्राउ गरिएको छ ।
पक्राउ पर्नेमा अर्जुनधारा नगरपालिका ६ का २२ बर्षीय प्रदिप बस्नेत रहेका छन् ।
आज दिउँसो साढे १ बजे लागूऔषध नियन्त्रण ब्युरो काकडभिट्टाबाट खटिएको प्रहरी टोलीले उनलाई लागूऔषध ब्राउन सुगर २ ग्रामसहित पक्राउ गरेको हो ।
पक्राउ परेका बस्नेतको ईलाका प्रहरी कार्यालय काकडभिट्टाबाट थप अनुसन्धान भइरहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरले छ ।