विजयपुर/ मोरङमा तासको खेलिरहेको अवस्थामा नगदसहित ६ जना पक्राउ परेका छन् ।

बिराटनगर–१६ भट्टिमोड लक्ष्मी लामाको घरबाट तास खेलि रहेको बेला १ लाख २५ हजार ५ सय रुपैया नगदसहित उनीहरुलाई कातिक २४ गते पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा बिराटनगर–१५ का ४३ वर्षीय बसन्त राई, २७ वर्षीय महादेव श्रेष्ठ, बिराटनगर–१६ का ४८ वर्षीय पर्वत ढङ्गोल, ४८ वर्षीय उमेश दाहाल, बिराटनगर–१४ का ३९ वर्षीय अनिल विक, र बिराटनगर–१३ का ५७ वर्षीय श्याम लामा रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जानकारी दिएको छ ।

पक्राउ पर्नेहरुलाई जुवा ऐन २०२० कसूरमा जिल्ला प्रशासन कार्यालय मोरङबाट म्याद थप गरी थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।