धरान । मोरङको उर्लाबारी नगरपालिका–३ मङ्गलबारेबाट एक युवालाई ब्राउनसुगरसहित पक्राउ गरिएको छ । 

सोही टोलजका २३ वर्षीय सविन लिम्बूलाई १ ग्राम ४३९ मिलिग्राम ब्राउनसुगर र ५० हजार ४ सय रुपैयाँ नगदसहित पक्राउ गरिएको हो । उनलाई कात्तिक २३ गते पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले जानकारी दिए । सडकमा हिँडिरहेको समयमा जाँच गर्दा ब्राउनसुगर र नगद बरामद गरिएको उनले जानकारी दिए । उनलाई लागूऔषध कसुरमा जिल्ला अदालत मोरङबाट १० दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जनाइएको छ ।