मोरङको उर्लाबारी नगरपालिकामा प्रहरीले खैरो हेरोइन र नगदसहित १ जनालाई पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय उर्लाबारीका अनुसार मंगलबार साँझ ७ बजे नगरपालिकाको नम्बर वडा स्थित धिमाल टोलबाट लागू औषध खैरो हेरोइन र नगदसहित सोही स्थानका २३ वर्षीय सबिन लिम्बूलाई पक्राउ गरेको हो ।
पक्राउ परेका लिम्बुको साथबाट प्रहरीले १ ग्राम ४३० मिलिग्राम खैरो हेरोइन र ५० हजार ४ सय नगद बरामद गरेको कार्यालयले जनाएको छ ।
पक्राउ परेका उनी माथि थप अनुसन्धान भइरहेको उक्त कार्यालयले जनाएको छ ।