धरानमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु भएपछि श्रीमान् पक्राउ परेको छन् ।
उपमहानगरपालिकाको १५ नम्बर वडाका ४१ वर्षीय श्रीमान् महेन्द्र राईको कुटपिटबाट घाइते भएकी श्रीमती ३४ वर्षीया छुङकु मगर (राई)को मृत्यु भएपछि प्रहरीले श्रीमानलाई नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ । कार्यालयका अनुसार कार्तिक १८ गते बेलुका ६ बजे श्रीमानले कुटपिट गरेपछि श्रीमती छुङकु घाइते भएकी थिइन् ।
घाइतेलाई केही दिन घरमै सामान्य उपचार गरी २२ गते थप उपचारको लागी वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा लगिएकोमा उपचारको क्रममा मृत्यु भएको कार्यालयले जनाएको छ । कार्यालयका अनुसार हत्या आरोपमा पक्राउ परेका राईको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।