धरान । मोरङको विराटनगर महानगरपालिका १५ बाट लागूऔषधसहित सुनसरी इनरुवा र विराटनरका दुई युवालाई प्रहरीले पक्राउ गरेको छ ।
सुनसरी इनरुवा नगरपालिका १ का ३१ वर्षीय तीर्थ राई र मोरङ विराटनगर ११ का २२ वर्षीय पिन्टु कामतलाई पक्राउ गरेको हो । उनीहरूलाई विराटनगरको १ नम्बर ढाँटबाट लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरको टोलीले पक्राउ गरेको हो ।
उनीहरूको साथबाट एभिल ९ एम्पुल, डाइजेल्याप ९ एम्पुल, फेनारगन ९ एम्पुल, र लुपिजेसिक ९ एम्पुल बरामद गरिएको प्रदेश १ प्रहरी कार्यालय विराटनगरले जनाएको छ । पक्राउ परेका दुवैलाई इलाका प्रहरी कार्यालय रानीमा राखी अनुसन्धान अगाडि बढाइएको जनाइएको छ ।