झापा। मेचिनगर नगरपालिका १० खयरडागी स्थितबाट प्रहरीले लागूऔषध ब्राउन सुगरसहित एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सोही स्थानका ४१ बर्षीय रबि झा रहेका छन् । हिजो दिउँसो साढे १२ बजे ईलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरी टोलीले उनलाई लागूऔषध ब्राउन सुगर २ ग्राम ७०० मिलि ग्राम र नगद १० हजार ८ सय ३० रुपैया सहित पक्राउ गरेको हो ।

पक्राउ परेका उनको थप अनुसन्धान भइरहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरले जनाएको छ ।