जिल्लाकाे लिमचुङबुङ गाउँपालिकामा महिला लाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेकाे छ ।

पक्राउ पर्नेमा गाउँपालिकाकाे ५ नम्ब। वडाका ६८ वर्षीय सिंह बहादुर राईलाई  रहेकाे  जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएकाे छ । कार्यालयका अनुसार सोमबार २९ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा  राईलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हाे । 

पक्राउ परेका उनिमाथि थप अनुसन्धान भइरहेकाे कार्यालयले जनाएकाे छ ।