ज्यान मार्ने उद्योग मुद्धामा फरार  रहेका धरानका एक जनालाई प्रहरीले पक्राउ गरेकाे छ । 

पक्राउ पर्नेका  उपमहानगरपालिका ११ का २५ बर्षीय सन्तोष राई रहेकाे १ नम्बर प्रदेश प्रहरी कार्यालयले जनाएकाे छ । कार्यालयका अनुसार   २०७६ फागुन १५ गते सुनसरी जिल्ला अदालतले  १ बर्ष ६ महिना कैद सजाय सुनाएका राईले कैद भुक्तन नगरी फरार रहेका थिए । 

कार्यालयल र आर आइ टीबाट खटिएकाे टाेलीले खाेजतलास गर्नेक्रममा गाउँघरमा नै लुकिछिपी बसेको अबस्थामा गत १५ गते पक्राउ गरी जिल्ला अदालतबाट कैद भुक्तानको लागी कारागार चलान गरिएको  कार्यालयले जनाएकाे छ ।