बराहक्षेत्रमा प्रहरीले कौडा खेलिरहेका १५ जनालाई पौने ३ लाख भन्दा बढी नगदसहित पक्राउ गरेको छ । 

गयराती  साढे २ बजे बराहक्षेत्र ८ स्थित बहादुर खड्काको घरबाट कौडा खेलिरहेका उनीहरूलाई इलाका प्रहरी कार्यालय महेन्द्र नगरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । 

पक्राउ पर्नेहरूमा बराहक्षेत्र नगरपालिका ६ का ४८ वर्षीय अगम तामाङ, बराहक्षेत्र ८ का ४१ वर्षीय वसन्त राई, ६८ वर्षीय मदन घिमिरे, ४२ वर्षीय विनोद रौनियार, २८ वर्षी सञ्जु श्रेष्ठ, ४६ वर्षीय भुवनप्रसाद धमला, ३१ वर्षीय प्रमोद साह हलुवाई, ३४ वर्षीय प्रदिप साह हलुवाई, ३० वर्षी  विजयकुमार साह, ४० वर्षीय जयनारायण मण्डल, ५९ वर्षीय खेमराज गौतम, ६० वर्षीय मुकुन्द अधिकारी, ३८ वर्षीय संयज साह, ४८ वर्षीय केशव दाहाल र ५४ वर्षीय टेकेन्द्र कार्की रहेको कार्यालयले जनाएको छ । 

कार्यालयका अनुसार जुवा खेलिरहेका भन्ने सूचनाको आधारमा पुगेको प्रहरी टोलीले कौडा खेलिरहेका उनीहरूको साथबाट नगद २ लाख ८२ हजार ५५ बरामद गरेको हो ।

पक्राउ परेका उनीहरू माथि  मुलुकी अपराध संहिता २०७४ को परिच्छेद ५ को दफा १२५ अनुसार जिल्ला प्रशासन कार्यालय सुनसरीबाट ३ दिनको म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।