विराटनगरमा बिल बिनाको आधा किलो चाँदी सहित उक जना पक्राउ परेका छन् ।
महानगरपालिका १५ स्थित रानीको १ नम्बर ढाटबाट ५६० ग्राम चाँदीका गरगहनासहित सुनसरीको दुहबी नगरपालिका ५ का २६ बर्षीय रबिन ठाकुर पक्राउ गरेको ईलाका प्रहरी कार्यालय रानीले जनाएको छ।
कार्यालयका अनुसार आइतबार बेलुका ६ बजे लागूऔषध नियन्त्रण व्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले उनलाई बिना बिलको उक्त परीमाणको चाँदीका गरगहनासहित पक्राउ गरेको हो ।
पक्राउ परेका उनलाई ईलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान भईरहेको कार्यालयले जनाएको छ ।