विराटनगर । विराटनगर – ४ नोबेल शिक्षण अस्पताल अगाडी डियुटिमा खटिएको प्रहरीको बद्री च्यातिदिएको आरोपमा चार युवा पक्राउ गरेका छन् ।
पक्राउ परेका युवाले मदिरा सेवन गरी होहल्ला गर्दै आइबार विहानको राती १ बजेर १५ मिनेटको समयमा डियुटिमा खटिएको प्रहरीलाई हातपात गर्दै बर्दी च्यातिदिएको आरोप छ ।
यसरी प्रहरीको बर्दी च्यातिदिएको आरोपमा प्रहरीले विराटनगर ४ का ३२ वर्षिय सकिल देवान, सोही ठाउँका २४ वर्षिय सुसन बास्कोटा, २६ वर्षिय आमासु भन्ने स्टालीन भट्टराई र ३३ वर्षिय शंकर प्रधानलाई पक्राउ रहेको छ ।
उनीहरूलाई जिल्ला प्रशासन कार्यालय मोरङमा आइतबार अभद्र व्यवहारको मुद्दामा म्याद थप गरि अनुसन्धान सुरू गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दिपक श्रेष्ठले जानकारी दिए ।
बिहानी रातको समयमा नोबेल अगाडी मदिरा खाएर होहल्ला गर्दैछ भन्ने जानकारी आएपछि सिआरभीको टोली घटनास्थलमा पुगेको थियो ।
प्रहरी टोली पुगेर सम्झाइ बुझाइ गरिरहेको अवस्थामा मदिरा सेवन गरेको चार युवाले गाली गलौज गरि प्रहरीमाथि हातपार्दै गर्दै बर्दी च्यादिनुको साथै हतकडी र चाँबीसमेत फालिदिएको पक्राउ परेका युवाहरुमाथि प्रहरीको आरोप रहेको छ ।