विजयपुर  । बाँसको घाँस काट्ने क्रममा करेन्ट लागेर एक व्यक्तिको मृत्यु भएको छ ।

आइतबार करेन्ट लाग्दा उदयपुर रौतामाई गाउपालिका–८ खमारेका ४१ वर्षीय डम्बरबहादुर मगरको मृत्यु भएको हो । मगरको बाँसको घाँस काट्दा मुख्य तारमा छोइएका कारणले करेन्ट लागेर ज्यान गएको प्रहरी चौकी सुकौरा उदयपुरले जनाएको छ । प्रहरी चौकीका अनुसार मगरको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल उदयपुर लगिएको छ ।